प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूत हैदरबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ता आज सैनिक मुख्यालय जंगी अड्डामा भएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग बिदाई भेट गरेका हुन् ।

भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्