घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्