नेपाली काँग्रेस छाेडी स्वतन्त्र उम्मेद्वार बने बिनोद बाबु प्रधान



काठमाडौं । ३८ बर्षदेखि निरन्तर नेपाली काँग्रेसप्रति समर्पित भएर राजनीति गरिरहेका बिनोद बाबु प्रधानले पार्टी परित्यागको घोषणा गर्दै काठमाडौं क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मे्दवारी दिएका छन् ।

नेपाली काँग्रेसलाई नियम, कानून, विधि, विधान, नियमावली विर्सिएको पार्टी सम्झदै वि.सं. २०४० सालदेखि अनवरत रुपमा लागिपरेका प्रधानले पार्टी परित्याग गरेका हुन् । नेपाली काँग्रेसको विभिन्न पद र तप्कामा रही काम गरेका उनले नेपालको संविधानले दिएको हक अधिकार सुनिश्चितताका लागि लोकतान्त्रिक समाजको आवश्यकता, मौलिक हकको संरक्षण, नेपाल र नेपाली भएर बाँच्नु पाउने अधिकार, बिदेशी हस्तक्षेप बिरुद्ध एक जुट हुने बेला आएको बताए ।

नेपाली काँग्रेस चाबहिल ७ का एकाई सभापती रवि ढुंगेल, नेपाली काँग्रेस क्षेत्रीय  कार्यसमिती सभापती श्याम कृष्ण संगत, नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ (कृष्ण सबुज बानियाँ), नेपाली काँग्रेस बागमती प्रदेश सभापती इन्द्र बहादुर बानियाँ र नेपाली काँग्रेस केन्द्रीय पार्टी सभापती शेर बहादुर देउवा सबैलाई पार्टी त्यागेको जानकारी गराउँदै बिनोद बाबु प्रधानले स्वतन्त्र उम्मेदवारी दर्ता गराईसकेको जानकारी गराए ।

स्वतन्त्र उम्मेद्वार बिनोद बाबु प्रधानद्वारा जारी विज्ञप्ती :

मैंले आज बाट निरन्तर अनबरत रुपमा लागेको पार्टी नेपाली कांग्रेस बाट आफुलाई अल्गै राखे । नेपाली कांग्रेस नियम, कानुन, विधि,बिधान नियावली सबैलाई विर्सिएको पार्टी सम्झें। मैले २०४०काे नेपाल विद्यार्थी आन्दोलन युवा अवस्था देखी ३८ बर्ष सम्म नेपाली कांग्रेस को राजनीतिलाई पुर्ण विराम लगाए । यहाँसम्म आइपुग्दा मैले नेपाली कांग्रेस को पार्टीको विभिन्न पद र तप्कामा रहेर काम गरेकाे थिए । ति सबै कुरालाई मैले बिर्सिदिए र आजकै मीतिदेखि २०७९/०६/२३ गते मैले स्वतन्त्र उम्मेदवार दर्ता गराए । नेपालको संविधान ले दिएकाे हक अधिकार सुनश्चितताका। लोकतान्त्रिक समाजको आवश्यकता, मौलिक हकको संरक्षण, नेपाल र नेपाली भएर बाँच्नु पाउने अधिकार, बिदेशी हस्तक्षेप बिरुद्ध एक जुट हुने बेला आएको छ। काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ प्रतिनिधी सभामा र प्रदेश सभा उम्मेद्धार बन्नुहुने सबैलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु। अब पार्टी पार्टी मा, हैकम बाद चलाउने बिरुद्ध एउटा स्वतन्त्र नागरिक भएर उभिएको छु। यसै सामाजिक सूचनाको मौलिकहक लाई आधार मानी आजै बाट नेपाली कांग्रेस पार्टीको कुनै पनि पदमा नरहने जानकारी गराउँदै तपसिलका,नेपाली कांग्रेस चाबहिल ७ एकाई सभापती रवि ढुंगेल ज्यू,, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिती सभापती श्याम कृष्ण संगत ज्यू , नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ (कृष्ण सबुज बानियाँ) ज्यू , नेपाली कांग्रेस बाग्मती प्रदेश सभापती इन्द्र बहादुर बानियाँ ज्यू र नेपाली कांग्रेस केन्द्रीय पार्टी सभापती शेर बहादुर देउवा ज्यू सबै लाई यो मैले पार्टी छाडेको घोषणा हजुरहरु सबैलाई जानकारी गराउँदै स्वतन्त्र उम्मेदवार दिईसकेको कुरा जानकारी गराए। स्वतन्त्र उम्मेदवार बिनोद बाबु प्रधान काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ सबैले यसलाई सेर पोस्ट गरिदिनु होला । हिजो रैति बाट नागरिक बनाउने गणेश मान सिंह, पार्टी भित्र सुकिला मुकिला हरुको बिगबिगी बढेकाे खण्डमा फेरि अर्को क्रान्ति गर्ने आँट गर्नु पर्छ भन्ने विसेवश्वर प्रसाद कोइराला ज्यू काे बाक्येमस लाई आधार मानी विशेष गरेर काठमाडौं जिल्ला क्षेत्र नम्बर चार (४) का सचेत मतदाता हरूमा म स्वतन्त्र उम्मेदवार बिनोद बाबु प्रधान हार्दिक अपिल गर्दछु। ९८४१२८४११३

प्रतिक्रिया दिनुहोस्