पहिरोले घर पुर्दा ४ जनाको मृत्यु, ५ घाइते



सुर्खेत । पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्