सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सन्दीपका कानुन व्यावसायी सरोज घिमिरेले सात दिनको म्याद दिइएको जानकारी दिए । यो म्याद उनी पक्राउ परेको मिति असोज २० गतेबाट नै लागु हुनेछ ।

लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्