मलामी गएका १३ जना पहिरोले पुरिएर बेपत्ता



काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा–४ राचुलीमा मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् ।

शनिबार साँझ हेमराज शाहीको अन्त्येष्टिमा गएका बेला पहिरो खसेको हो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारीले भने, “हिजो खराब मौसमका कारण सूचना पाइएन । चार घण्टा पैदल हिँडेर प्रहरी टोली घटनास्थल पुगेको छ । खोजी कार्य सुरु गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्