सप्तरी २ मा उपेन्द्र, सीके र जयप्रकाश भिड्दै



सप्तरी । मधेश प्रदेश अन्तर्गत सप्तरी क्षेत्र न.२ मा आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

सो ठाउबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा र एमालेबीच चुनावी तालमेल भए संगै यादवलाई नेकपा एमालेको साथ रहेको छ।
उपेन्द्रले सोही क्षेत्रबाट २०७४ को चुनाव जितेका थिए ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले भने कुनै दलसँग तालमेल गरेका छैनन् । सुरुमा एमालेसँग तालमेल गर्ने समझदारी बने पनि जसपा-एमाले तालमेलपछि जनमत पार्टीसँग एमालेले तालमेल गरेको छैन।

त्यस्तै सोहि क्षेत्रमा पाँच दलीय सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्