गुल्मी २ मा गठबन्धबाट रामकुमारी झाँक्रीको उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव एवं पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकीछन् ।

आइतबार दिउँसो सवा ३ बजे पूर्वमन्त्री झाँक्रीले बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएकी हुन् । बाम लोकतान्त्रि गठबन्धनको साझा उम्मेदवार भएकाले नेतृ झाँक्रीले जित्ने पक्का रहेको कांग्रेसका एक नेताले बताए ।

यस्तै सोही क्षेत्रबाट नेकपा एमालेका सचिव गोकर्ण बिष्टले समेत उम्मेदवारी दर्ता गराएका छन् । एमालेको १० भाइमध्येका नेता बिष्टले चुनावमा टिकट पाए पनि अध्यक्ष केपी शर्मा ओली पक्षको असहयोग हुन सक्ने पार्टीभित्रै आँकलन गर्न थालिएको छ ।

एमाले नेता भीम रावल र घनश्याम भुसालसँग प्रतिशोध साँधेका अध्यक्ष ओलीले अन्य दश बुँदे समूहका नेताहरूलाई भने चुनावमा हराएर बदला दिन सक्ने नेताहरूको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्