डा. शेखर काेईरालाले गरे मनाेनयन दर्ता



विराटनगर । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता डा. शेखर काेईरालाले मनाेनयन दर्ता गरेका छन् ।

उनले माेरङ क्षेत्र नम्बर ६ बाट मनाेनयन दर्ता गरेका हुन् । दलबल सहितका मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर दिउसाे मनाेनयन दर्ता गरेका हुन् ।

उनी काङ्ग्रेस नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतकाे कार्यालय पुगेका हुन् । गठबन्धन दल नेकपा माओवादीका उम्मेद्वार जीवन आचार्यले भने यी अघि नै माओवादी नेता कार्यकर्ताकाे साथमा मनाेनयन दर्ता गरेर निस्केका छन् ।
माओवादी र काङ्ग्रेस फरक फरक रूपमा निर्वाचन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्