प्रदीप पौडेल काठमाडौँ ५ बाट चुनाव लड्ने



काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उम्मेदवारी दिने भएका छन् ।

सत्तारुढ गठबन्धनबीचको भागबण्डामा नेपाली कांग्रेसको आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनको नेकपा एमालेका वरिष्ठ नेता उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारीमा रहेका केन्द्रीय सदस्य पौडेललाई पार्टीले काठमाडौंमा उम्मेदवार बनाएको हो ।

त्यस्तै यो क्षेत्रबाट स्वतन्त्र तर्फ रञ्जु दर्शनाले उम्मेदवारी दिने छिन् ।

प्रतिक्रिया दिनुहोस्