काठमाडौं-७ मा माओवादीबाट बाबुराम पुत्री मानुषी उठ्ने



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्।

सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं-७ माओवादीको भागमा परेको थियो। २०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्।

उनले आफू काठमाडौं-७ बाट उम्मेदवार बन्न लागेको बताइन्। काठमाडौं-७ मा यसपटक नेकपा एमालेबाट रामवीर मानन्धरको चर्चा छ।

प्रतिक्रिया दिनुहोस्