एकीकृत समाजवादीले टुंग्यायो प्रतिनिधिसभामा चुनाव लड्ने १९ उम्मेदवार (नामावलीसहित)



काठमाडौँ । गठबन्धनमा १९ सिट पाएसँगै नेकपा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार टुंगाएको छ । सत्तारुढ गठबन्धन दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।

त्यस्तै प्रेम आलेले डोटीबाट टिकट पाएका छन् भने रामकुमारी झाँक्रीले गुल्मीको क्षेत्र नम्बर २ बाट टिकट पाएकी छन् । १९ सिटमा टिकट पाउने झाँक्री एक मात्र महिला हुन् । यसअघि तनहुँबाट चुनाव जितेका कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा-४ बाट उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभामा एकीकृत समाजवादीका उम्मेदवार :

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले

प्रतिक्रिया दिनुहोस्