गायक मुरलीधरलाई राप्रपाले दियो सिरहा-२ बाट टिकट



जनकपुरधाम । गायक मुरलीधर सिरहा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयन बहादुर मोक्तानबाट टिकट पाएको गायक मुरलीधरले बताएका छन् ।

केही दिन अगाडी मात्र मुरलीधर राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैँलाई रोगी बनायो, पहाडको पल्लो डाँडामा छ सानो गाउँ जस्ता दर्जनौँ चर्चित गीतमा उनले स्वर भरेका छन् ‌।

प्रतिक्रिया दिनुहोस्