अछाम–१ बाट झपट बोहोरा उम्मेद्वार, भीम रावलले पाएनन् टिकट



काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले प्रतिनिधि सभा उम्मेद्वारको टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ मा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिए अनुसार नै बोहोरालाई टिकट दिइएको हाे । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज हुन् । एमाले स्रोतले भन्यो, ‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम हुन्छ होला ।’

दशबुँदे गरी एमालेमै बसेका रावललाई अछाम जिल्ला कमिटीले भने सर्वसम्मत एकल सिफारिस गरेको थियो । २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन्

प्रतिक्रिया दिनुहोस्