गंगा चौधरीले छाडिन् एमाले, स्वतन्त्र उम्मेदवारी घोषणा



काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । विहीबार फेसबुकमा एक स्टाटस लेख्दै चौधरीले पार्टीले टिकट नदिने देखेपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’ उनी यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्