पूर्वराज्यमन्त्री सिंह एमालेसँग चुनावी तालमेल हुने भएपछि जसपामै फर्किए



जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका पूर्वराज्यमन्त्री शत्रुधनप्रसाद सिंह पुन: पार्टीमै फिर्ता हुने भएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरेर उनले आवेगमा आएर भूलवस राजीनामा दिएको भन्दै भूल सुधार गरी पार्टीमा फिर्ता भएको बताएका छन् ।
जसपाको राजनीतिक समिति सदस्य रहेका उनले दुई दिन अगाडि पार्टी परित्यागको घोषणा गरेका थिए ।
सत्ता गठबन्धनमा जसपाले सिरहा २ क्षेत्र नपाउने अवस्था देखेपछि उनले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्न छलफल थालेका थिए । पार्टीले एमाले संग तालामेत सुरु गरे संगै उनले अब पार्टीमै निष्ठापूर्वक रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

अब जसपाले सिरहा क्षेत्र २ पाउने र सिंह नै उम्मेदवार हुने लगभग पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्