काठमाडौं ४ स्वर्णिम वाग्लेलाई जिम्मा लगाएर सर्लाहीबाट चुनाव लड्दै गगन थापा



काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ बाट दुईपटक सांसद भइसकेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थविद् स्वर्णिम वाग्लेलाई काठमाडौं ४ जिम्मा लगाएर सर्लाहीबाट चुनाव लड्ने तयारी थालेका छन् ।

महामन्त्री थापाले काठमाडौं ४ मा असुरक्षित महसुस गरेपछि मधेश झर्ने निधो गरेका हुन् । यसअघि २०७४ मा सर्लाही ४ बाट अमरेशकुमार सिंह निर्वाचित भएका हुन् । उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए । तर, सिंहको नाम अहिलेसम्म सिफारिसमा परेको छैन । हाल सिंह कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरूको सम्पर्कमा समेत नरहेको जानकारीमा आएको छ ।  त्यसैले पनि गगन थापा मधेश झर्ने तयारीमा रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

महामन्त्री थापाको नाम यसअघि पनि कास्की १ बाट सिफारिस भएको थियो । तर, उनले कास्कीका जिल्ला नेता तथा कार्यकर्ताहरुलाई सदासयताका लागि धन्यवाद ज्ञापन गर्दै काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्ने उद्घोष गरेका थिए ।

पटक–पटक विवादमा आईरहने गगन थापा पछिल्लो समय अमेरिकी परियोजना एमसीसी प्रकरणले झन् विवादमा तानिएका छन् । थापाले अमेरिकाले एमसीसी अन्तर्गत ६० अर्व दियो अव चीनसँग ७० अर्व र भारत ८० अर्व मागौं र देशको पक्षमा काम गरौं भनी संसद भवनमा कुर्लिएका थिए । अझ अमेरिकी सेना नेपाल आए आफूलाई चारपाटा मोडेर थानकोट कटाइयोस् भन्न समेत भ्याएका थिए ।

काठमाडौं ४ संवेदनशिल क्षेत्र भएको र यस पटक नेकपा एमालेका स्थायी कमटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईको बढ्दो लोकप्रियताका कारण महामन्त्री थापा यस क्षेत्रमा ढुक्क हुन सकेका छैनन् । त्यसमाथि अझ उनले सधैंजसो बर्षायाममा डुबानमा पर्ने बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ का नागरिकको पिडामा राजनीति गरिरहेको आरोप खेपिरहेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ मा नै निर्णायक मत रहेको कपन क्षेत्रको डुवान समस्यालाई चुनावी मुद्दा बनाउने उद्देश्यले कपन डुबान समस्याको दीर्घकालीन समाधानका लागि सांसद थापाको पहलमा नयाँ आयोजनामार्फत काम गर्ने प्रक्रिया अघि बढेको हो भनी उनले चुनावी प्रचार समेत थालिसकेका थिए । अगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरी उनले कपन क्षेत्रको दीर्घकालिन डुबान समस्या समाधानका लागि ‘धोबीखोला करिडोर तथा बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ सार्वजनिक गरिसकेका छन् । कपन डुबान समस्या समाधानको लागि डा. राजन भट्टराईले यसअघि नेकपा एमालेको सरकार रहँदा आफ्नो पहलमा पारिएको १६ करोड भन्दा बढी लागतमा निर्माणधिन बक्स कल्भर्टको आयोजनालाई प्रभावित पार्नेगरी बजेट काटिएकोमा खुल्ला रुपमै असन्तुष्टि व्यक्त गरेका थिए । उनले ‘आफ्नो सरकार र प्रधानमन्त्री  हुँदापनि परेको बजेट काटिदा समेत चुईक्क नबोल्ने यस्ता नालायकहरु भोलि प्रधानमन्त्री हुँदा कसरी बन्छ देश’ भनी प्रश्न गरेका थिए ।

समानुपातिकसम्मको ईतिहास हेर्ने हो भने गगन थापा काठमाडौं ४ मा लगभग १५ वर्ष जितिसकें । १५ वर्षे उपलब्धि मापन गर्दा उनी विवादित स्वास्थ्य मन्त्री भए । स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न नियुक्ति प्रकरणमा उनको नाम आर्थिक लेनदेनमा जोडियो। युवा उद्यमशीलताको हौवा दिँदै राजनीतिक कार्यकर्ताहरुको आफ्नो श्रम र आम्दानीको श्रोत हुनुपर्छ भन्दै आफ्नै समकक्षीसँगको साझेदारीमा राज्यबाट करोडौँको अनुदानमा संचालन गरेको मण्डिखाटारको मासु पसल र ससुराली गाउँको बाख्रा फार्म अनुदान पचाए सगैँ हराएको देखिन्छ ।

डा. राजनले चुनाव हारे, पार्टीबाट निर्वाचित प्रदेश सांसद र संघीय सांसद जनताको विकास निर्माणमा गायव हुँदा विकास निर्माणका हरेक कामहरुमा जनप्रतिनिधि र जनताको मागलाई उनै भट्टराईले कार्यान्वयन गरेरै छाडे । त्यसैले अहिले मेलम्ची खानेपानीको पाईपलाईन विस्तार, कपन डुवान नियन्त्रणका लागि निर्माणाधीन कल्भर्ट, कपन क्याम्पस, दर्जनौ पार्कको निर्माणमा आफू क्रियाशील भै रहेँ । जनताको दुःख सुखमा आफूलाई सहभागी गराई गराउंदै उनै भट्टराई जनताको विकासका सारथी बने। त्यसैले विकास निर्माणको लागि मैतीदेवीका गल्लीहरु देखि कमलपोखरी होस् वा चावहिल मैजुवहाल, गोपीकृष्णदेखि कपनका बाटाहरु हुन् वा खानेपानी । चुनिखेलाको बाटो र खानेपानी मात्र होईन सार्वजनिक पार्कदेखि हरेक ठूला–साना खानेपानीका योजना हुन् वा सडकबाटा राजन भट्टराईको योगदान नभएको टोल नै भेट्न मुश्किल छ ।

डा. भट्टराईको व्यक्तिगत सम्पर्क पनि हिजोभन्दा बढेको छ, गफाडी होईन कामकाजी नेता, विकासवादी नेताको रुपमा प्रष्ट छवि बनाएका डा. राजन भट्टराईलाई महामन्त्री गगन थापाले चुनावी मैदान खाली गराएसँगै आगामी मंसिर ४ को चुनाव थप सहज हुने देखिन्छ ।

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले निर्वाचन लड्ने तयारीकै लागि यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिईसकेका छन् । प्रतिनिधिसभाको निर्वाचन उनले काठमाडौं ४ बाट लड्ने इच्छा देखाएसँगै नेतादेखि कार्यकर्तासम्मले उनीप्रति असन्तुष्टी पोखेका छन् । राजनीतिक अनुभव नभएका वाग्लेले आफुलाई विज्ञको रुपमा प्रश्तुत गर्ने र कांग्रेसका नेता र कार्यकर्तालाई असभ्य ब्यवहार गर्ने गरेको गुनासो नेपाली काँग्रेस वृत्तमा व्याप्त रहेको पाईन्छ । वाग्लेले पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई समेत हेपेर कुरा गर्ने, र नेताहरुलाई ओझेलमा पार्ने खालका गतिविधि गर्ने गरेका कारण कांग्रेसको नेतृत्व पंक्तिनै उनीसँग रुष्ट देखिन्छ ।

यो पनि पढ्नुहोस्

वर्तमान संसदीय व्यवस्थामा गगन थापा प्रधानमन्त्री होइन् मन्त्री समेत बन्न सक्दैनन्

काठमाडौं-४ मा काम गर्ने डा. राजन भट्टराई र स्खलित गगन थापाबीचको चुनावी प्रतिष्पर्धा

कपन डुबानमा गगन थापा आफैं बोक्सी, आफैं झाँक्री ! (भिडियोसहित)

काठमाडौं-४ मा ‘काम गर्ने कालु मकै खाने भालु’ उखान चरितार्थ !

प्रतिक्रिया दिनुहोस्