दसैँ मनाउन एमाले अध्यक्ष ओली झापामा



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली दसैँ मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् ।

अध्यक्ष ओलीले मंगलबार झापामा दशैं तिहार, छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । अध्यक्ष ओलीले यसपालीको टिक झापा मै ग्रहण गर्ने कार्यक्रम छ ।

झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टिकाको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्