एमालेबाट प्रदेश सांसद भएका कुसुम कार्कीले जनमत विक्रि गरे : जयराम थापा (फोटो फिचर)



काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा काठमाडौं ४ (२) का प्रदेश सभाका सशक्त दावेदार युवा नेता जयराम थापाले निवर्तमान सांसद कुसुम कार्कीले सत्ता स्वार्थको लागि जनमत विक्रि गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ विन्दवासिनी टोल कमिटीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘सूर्यको मत विक्रि गर्ने फटाहहरु अहिले पनि एमालेका साथीहरुबिच हामी पहिले एउटै कमिटीमा काम गरेको भन्दै एमालेका साथीहरुको घरघरमा पुगी चुनावी प्रचारप्रसार गरिरहेका छन् । एमालेको मत विक्री गर्नेलाई घर–घर र टोल–टोलबाट बहिष्कार गर्नुपर्छ ।’

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, प्रदेश कमिटी सदस्य संगम गहतराज, जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का, नगर पार्टी सचिव श्रीकृष्ण श्रेष्ठ र पार्टी वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्