द्धारिकलालले त्यागे एमाले, प्रचण्डले गराए माओवादी प्रवेश



विराटनगर । इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्धारिकलाल चौधरीले एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार विमान चढेर काठमाडौँ गएका चौधरी आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् ।

नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष समेत रहेका चौधरी पार्टी प्रवेशकै लागि काठमाडौँ पुगेका थिए । प्रदेश सभामा उम्मेदवार बनाउने र निर्वाचित भएपछि मन्त्री समेत बनाउने सर्तमा चौधरीलाई पार्टी प्रवेश गराइएको नेकपा माओवादी केन्द्रका नेताले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा इटहरी उप-महानगरको उम्मेदवार हुन नपाएपछि उनी एमालेसँग रुष्ट छन् । चौधरीसहित अन्य १० जना माओवादीमा प्रवेश गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्