मोटरसाइकलको ठक्कर दिँदा पैदलयात्रुको मृत्यु



काठमाडौँ । काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो ।

बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्