डा. राजन भट्टराईको सपना साकार : महाकवि देवकोटा संग्रहालयको उद्घाटन



काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकारमा रहँदा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटा निवास ‘कवि कुञ्ज’लाई संग्रहालय परिणत गर्न सफल भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाईमा बजेट व्यवस्थापन गराई ओली सरकारकै पालामा निर्माण कार्य थालिएको संग्रहालयको आज विधिवत रुपमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट उद्घाट गरिएको छ ।

करिव साढे २ करोड जग्गा खरिद र ७ करोड संग्राहलय भवन निर्माणमा आवश्यक बजेट डा. राजन भट्टराईकै पहलमा जुटाईएको एमाले नेता कृष्णभक्त खड्गीले परिवर्तन खबरलाई जानकारी गराए ।

उद्घाटित संग्राहलयभित्र महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको समेत  अनावरण गरिएको थियो । उद्घाटन समारोहमा, सदस्य सचिव जगतप्रसाद उपाध्याय, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

महाकवि देवकोटाको ‘कवि कुञ्ज’ निर्माणका लागि बजेट व्यवस्थापन गर्ने डा.भट्टराईको प्रतिवद्धता

प्रतिक्रिया दिनुहोस्