गठबन्धन सरकारको कुनै उद्देश्य छैन : ईश्वर पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए ।

देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै उनले आशन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरूलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्