१६ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंक (०.८९ प्रतिशत) ले गिरावट भएर १८५३.७६ अंकमा बन्द भएको छ । मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार तेस्रो दिन पनि बढेको हो । बिहीबार नेप्सेमा जीवन बीमाबाहेक सबै उपसूचक बढेको छ ।

नेप्से बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिंदैन । लगानीकर्ता ‘फेस्टिभ मुड’ मा हुँदा पनि कारोबार रकम घटेको बजारका जानकारहरु बताउँछन् । चाडपर्वकै कारण लगानीकर्ता निष्क्रिय बन्दा खरिद र बिक्री अर्डर दुवै घटेको छ ।

जसले गर्दा कारोबार रकम पनि घटेको हो । बुधबार ४८ करोडमा झरेको कारोबार रकम बिहीबार केही बढेको छ । बिहीबार बजारमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर कारोबार हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्