आज एकै दिन ४३ सवारी साधन कारबाहीमा



दैलेख । दैलेखमा एकै दिन ४३ सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले गरेको चेकजाँचका क्रममा ४३ सवारी साधन कारबाहीमा परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहको नेतृत्वको टोलीले एक सय १० वटा सवारी सधान चेकजाँच गरेको थियो ।

प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर, प्रहरी चौकी तल्लो डुङ्गेश्वरले गुराँस गाउँपालिका–४ स्थित सुर्खेत(दैलेख सडक खण्डको जिरो पोईन्ट लगायत इलाका प्रहरी कार्यालय दुल्लु, ईलाका प्रहरी कार्यालय राकम कर्णाली, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी रानिमत्ताबाट खटिएको प्रहरी टोलीले १ सय १० वटा सवारी साधन चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा नियम विपरीत काम गर्ने ४३ वटा सवारी साधनलाई कारवाही गरी ३३ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्