बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्