प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



काठमाडौं । आगामी नोभेम्बर ५ र ६ तारिखका दिन काठमाडौंको बूढानीलकण्ठमा हुन गईरहेको नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

फूलपातीको दिन पारेर नेकपा एमालेका अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट नेकपा एमालेको ४१ देशमा सक्रिय रहेको प्रवासी मञ्च लगायत प्रवासीहरुलाई दशैं, तिहारको शुभकामना दिने कार्यक्रम पनि तय भएको छ । सो सम्मेलनमा सबै देशमा प्रतिनिधिहरु आउने जनाईएको छ ।

प्रथम अधिवेशनमा ४१ देशबाट ३५० प्रतिनिधिहरु अन्तर्राष्ट्रिय अधिवेशनमा सहभागी हुने मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्