बूढानीलकण्ठ नगरपालिकाको ८ दिने मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न (फोटो फिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका र सम्भव मेलमिलाप केन्द्रको आयोजनामा ८ दिने (४८ घण्टे) मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भई सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितीका संयोजक अनिता लामाको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, उच्च अदालतका पूर्व मुख्य न्यायधिश सुरेन्द्र बीर सिंह बस्नेत, सम्भव मेलमिलाप केन्द्रका अध्यक्ष दुर्गा प्रसाद अर्याल, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने सहित बूढानीलकण्ठका सबै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडाको प्रतिनिधित्व गर्दै २७ जना सहभागीहरुले प्रशिक्षण तालिममा प्रशिक्षार्थी योगेन्द्र बहादुर थापा, गंगा अधिकारी र इन्दिरा जोशीले तालिम कार्यक्रमले निकै फलदायी ज्ञान प्रदान गरेको भन्दै आयोजक प्रति आभार व्यक्त गरेका थिए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ताज पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमको संचालन अधिवक्ता मणिराम राईले गरेको थिए भने ४८ घण्टे तालिमबारे अधिवक्ता पुण्य प्रसाद काफ्लेले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्