पार्टी कार्यालयमा शेखर पक्षको धर्ना सुरु



काठमाडौं । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्