सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक घाइते



काठमाडौं । सल्यानको कपुरकोटमा आज बिहान जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । “आठजनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते एकजनाको दाङमा उपचार भइरहेको छ,” सल्यानका प्रमुख जिल्ला अधिकारीले भने ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षिय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भैरहेको छ ।

बाँकेको ढकेरीबाट फर्किँदा दुर्घटना भएको आचार्यले जानकारी दिए । डबल क्याप जिप रहेको र त्यसमा पछाडिसमेत बसेर यात्रा गरेको जानकारी आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्