काठमाडौं ४ मा गगन र जयराम थापाको जुधाईले डा. राजन भट्टराई सेफ जोनमा



काठमाडौं । सोलुखुम्बुमा जन्मी हुर्किएका काँग्रेस महामन्त्री गगन कुमार थापा र बूढानीलकण्ठमा जन्मी हुर्किएका जयराम थापा आउँदो संघीय तथा प्रादेशिक निर्वाचनमा आमने–सामने हुने सम्भावना बढ्दै गएको देखिन्छ ।

सोलुबाट काठमाडौं झरी विद्यार्थी राजनीतिबाट उदाएका गगन थापा र काठमाडौंमै जन्मिएर विद्यार्थी राजनीति मार्फत पार्टी राजनीतिमा होमिएका जयराम थापाबिच बैचारिक भिन्नता भएपनि मतदाताहरु एकै रहेका छन् ।

नेकपा एमालेभित्र युवा र पार्टी कमिटीबाट सर्वाधिक मन पराईएका जयराम थापा बूढानीलकण्ठकै माटोमा जन्मी हुर्की गरेकाले उनको पारिवारिक सञ्जाल खासगरी बूढानीलकण्ठ नगरपालिकाभित्र निर्णायक देखिन्छ ।

थापा, खड्का र अधिकारीसँग पारिवारिक सम्बन्ध रहेका जयराम थापाका अधिकांश नातेदार काँग्रेस पृष्ठभूमीका छन् । अघिल्ला निर्वाचनहरुमा थापा खान्दानको नाम भजाउँदै राजनीति गरेका गगन थापाले यसपटक भने जयरामको उम्मेद्वारीलाई चुनौती दिन नसक्ने देखिन्छ ।

समाजसेवामा समेत संलग्न रही दरिलो पारिवारिक पृष्ठभूमीका जयराम थापा र विवादित छवी भएका गगन थापाबिचको प्रतिस्पर्धाको अंकगणित आयातित गगन भन्दा रैथाने जयरामप्रति हावी हुने देखिन्छ ।

समाजसेवी तथा एमाले नेता रवि थापाका अनुसार थापा थरको सहानुभूति बटुल्दै गगनले पाएको मत जयराम थापाको प्रतिस्पर्धाले स्वत नेकपा एमालेमा जाने देखिन्छ । यसो हुनेमा विगत प्रदेश सभाबाट निर्वाचित कुसुम कुमार कार्कीले अन्तरघात गरी डा. राजन भट्टराईलाई हराएपछि रैथानेको तर्फबाट जवाफ दिनुपर्ने भएकाले यसपटक जयराम थापाले आफूलाई भन्दा डा. राजन भट्टराईलाई मत माग्नुपर्ने देखिन्छ ।

स्थानीय थापाहरु मात्र नभई जयराम थापाको पारिवारिक नाता संजालमा जोडिने करिव १५ सय मतहरु मध्ये धेरैजसो विगतमा गगन थापालाई मतदान गरेका मतदाता हुन् । अहिले पार्टीगत र व्यक्तिगत सम्बन्धको आधारमा प्राप्त हुने अत्याधिक मतको कारण काँग्रेसको आन्तरिक आँकलनमा निकै फेरबदल आउने देखिन्छ । जसले गर्दा बूढानीलकण्ठ क्षेत्रबाट एमाले पाँच हजार भन्दा बढी मतले अघि रहने आँकलन गरिन्छ ।

डा. राजन भट्टराई र गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत भएसँगै दुवैको ध्यान बूढानीलकण्ठ क्षेत्र रहेको प्रदेश ४ (२)मा केन्द्रित भएको देखिन्छ । तर निर्वाचन पराजय भएर पनि निरन्तर बूढानीलकण्ठ क्षेत्रको विकासमा योगदान दिईरहेका डा. राजन भट्टराईप्रति मतदाताको भरोषा देखिन्छ । डा. भट्टराईको विकासवादी छवी र जयराम थापाको रैथाने जनसम्पर्कको कारण प्रदेश र संघमा नेकपा एमाले हावी हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं-४ मा ‘काम गर्ने कालु मकै खाने भालु’ उखान चरितार्थ !

कपन डुबानमा गगन थापा आफैं बोक्सी, आफैं झाँक्री ! (भिडियोसहित)

सिट बाँडफाँट नटुङ्गिदै बूढानीलकण्ठमा गठबन्धनको चुनावी फण्डा

किर्ते मतदाता फण्डामा बूढानीलकण्ठ काँग्रेसमाथि नै प्रतिप्रश्न ?

प्रतिक्रिया दिनुहोस्