बाल उद्धार माविमा दुई लाख दश हजारको पदम–धनकुमारी थापा स्मृति अक्षयकोष स्थापना



काठमाडौं । स्वर्गीय पदम बहादुर थापा र धनकुमारी थापाको नाममा छोरी ज्वाईहरुको संयुक्त पहलमा बाल उद्धार माविमा दुई लाख दश हजारको पदम–धनकुमारी थापा स्मृति अक्षयकोष स्थापना गरिएको छ ।

स्वर्गीय बुवा पदम बहादुर र आमा धनकुमारी थापाको जेठी छोरी सरस्वती खड्का र ज्वाई मोहन खड्का, माइली छोरी रामकुमारी भण्डारी र ज्वाई रामहरी भण्डारी, साइली छोरी मिठु राउत र ज्वाई सूर्य बहादुर राउत, कान्छी छोरी चन्द्राकुमारी अधिकारी र ज्वाई सूर्य बहादुर अधिकारीले संयुक्त रुपमा कोषको स्थापना गरेका हुन् ।

गत वर्ष स्वर्गीय श्रीमान् पदम बहादुर थापाको नाममा श्रीमती धनकुमारी थापाको हातबाट विद्यालयका अध्यक्ष ध्रुवप्रसाद घिमिरे र प्रधानाध्यापक विनोद पण्डितलाई चेक हस्तान्तरण गरिएको थियो ।

आज एक कार्यक्रमकाबिच जेठी छोरी सरस्वती खड्का र ज्वाई मोहन खड्का, कान्छी छोरी चन्द्राकुमारी अधिकारी र ज्वाई सूर्य बहादुर अधिकारीले संयुक्त रुपमा एक लाख पाँच हजारको चेक हस्तान्तरण गर्दै अघिल्लो कोषमा थप रकम जम्मा गरी विद्यालयको वार्षिकोत्सवमा विद्यालय प्रशासनद्वारा छानिएका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने बताए ।

यो पनि पढ्नुहोस्

धनकुमारी थापा परिवारद्धारा बालउद्धार माविमा एकलाख पाँचहजारको अक्षयकोष स्थापना

प्रतिक्रिया दिनुहोस्