सञ्चालनमा आएन सुदूरपश्चिममा सुपथ मूल्यको पसल



काठमाडौं । दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन ।

साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र टे«डिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको बताए । “सुदूरपश्चिममा कैलालीमा मात्रै पसल सञ्चालनमा छ त्यहाँ पनि बिक्री वितरण न्यून छ”, उनले भने, “हामीसँग नुनबाहेक अन्य चिनी तेल अभाव भएका कारण सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेन ।”

सुपथ मूल्य पसल सञ्चालनका लागि यस वर्ष देशभरिनै चिनी अभाव रहेको उनले बताए । “सरकारले नुनमा रु दुई मात्रै छुट दिएको छ रु दुईको लागि मात्रै सुपथ मूल्य पसलमा ग्राहक आएनन्”, उनले भने, “धनगढीमा सञ्चालनमा आएको सुपथ मूल्य पसलमा बिक्री शून्य छ ।” उनले सुदूरपश्चिममा कैलालीबाहेक अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन नसकेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्