१५ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । भएको छ । यो साता लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेको छ । बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ ।

बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ । कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ ।

प्रतिक्रिया दिनुहोस्