
तेह्रथुम । तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैँ नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ । अलैँची बिक्री गरेर दसैँतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् ।
छथर गाउँपालिका ६ सुदापमा जगेन्द्र लिम्बु अलैँची भित्र्याउन व्यस्त छन् । दसैँ खर्चका लागि भए पनि व्यापारीले तोकेको मूल्यमा बिक्री गर्न बाध्य रहेको उनले बताए ।
सरकारले अलैँचीका लागि निश्चित बजार र मूल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै आएको किसान टीकाराज लिम्बुको भनाइ छ । रासस





