
काठमाडौं । आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता आजैबाट लगाउने तयारी भएको छ ।
निर्वाचन आयोगले आजैबाट निर्वाचन आचारसंहिता लगाउने तयारी गरिएको जनाएको छ ।
“आयोगले निर्णय गरिसकेको छैन । तर, आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ, ” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।





