रूसको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु



एजेन्सी । रूसमा सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए।

त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्