सिरहा र सुनसरीका निर्वाचन अधिकृत हेरफेर



काठमाडौं । सिरहा र सुनसरीका निर्वाचन अधिकृत हेरफेर भएका छन् । निर्वाचन आयोगको सूचनाअनुसार यसअघि सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सर्वोच्च अदालतका कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो ।

अधिकारीको स्थानमा असोज ११ गतेदेखि लागु हुने गरी सर्वोच्च अदालतका मुकुन्द निरौलालाई नियुक्त गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ का लागि राजश्व अनुसन्धान विभागका विदुर कुमार कार्की नियुक्त भएका थिए । सुनसरीमा कार्कीको स्थानमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उमाकान्त पौडेललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्