सरकारले व्याकुल माइलालाई मासिक भत्ता ५० हजार दिने



काठमाडौं । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।

उनको सहज जीवनयापनका लागि भन्दै सरकारले अहिले २५ हजार रुपैयाँ भत्ता दिंदै आएकोमा त्यसमा थप गरी ५० हजार रुपैयाँ पुर्‍याएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्