
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरूमा आइतबार सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका अनुसार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरूद्ध परेका पाँच मुद्दाको सुनुवाइ हुँदैछ।





