बूढानीलकण्ठको नगर प्रवक्तामा नवराज भट्टराई चयन



असोज ७ गते सम्पन्न बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले बूढानीलकण्ठ नगरपालिका वडा नंं १० का वडाध्यक्ष नवराज भट्टराईलाइ प्रवक्तामा चयन गरेको छ । भट्टराईले यस अघिका निर्वतमान नगरप्रमुख उद्धव खरेलको कार्यकालमा समेत नगर प्रवक्ताको भूमिका निर्वाह गरिसकेका छन् ।

स्थानीत तह निर्वाचन २०७४ र २०७९ मा नगरप्रवक्ता भट्टराई उपत्यकामै लोकप्रिय मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

युवा वडाध्यक्ष भट्टराई नगर प्रवक्तामा चयन भएसँगै लामो समयदेखि गठन हुन नसेकको नगर प्रमुखको सचिवालय एवम् सल्लाहकारको टिमले समेत चाँडै नै पूर्णता पाउने आशा गरिएको छ ।

नगरप्रमुखको सचिवालय एबम् सल्लाहकारको टिमले पूर्णता पाउन नसक्दा बूढानीलकण्ठ नगरपालिकाको नियमित कार्य सम्पादनमा समेत असर परिरहेको छ ।

यो पनि पढ्नुहोस्

उपत्यकामै नेकपा एमालेको शान रहेको बूढानीलकण्ठ नगरपालिका : ‘म्यान अफ दी इलेक्सन’मा नवराज भट्टराई

बूढानीलकण्ठ १० मा नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी (मतपरिणामसहित)

५ बर्षे कार्यकालको उपलब्धी सहित घरदैलोमा नवराज भट्टराई (विवरणसहित)

प्रतिक्रिया दिनुहोस्