दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु



काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो।

मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो।

तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्।

प्रतिक्रिया दिनुहोस्