परराष्ट्रमन्त्री खड्का र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता



काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गरेको छ ।

बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलको टोलीले शुक्रबार बिहान मन्त्रालयमा डा.खड्कासँग भेट गरेको हो ।

भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्