ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले मूल्य बढेको हो ।

जसअनुसार छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३ सय रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्