गाडीले किच्दा १७ महिने शिशुको मृत्यु



काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीले किच्दा १७ महिने शिशुको ज्यान गएको छ।

मध्यपुर ठिमी–१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

उपरीक्षकका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए ।

गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्