
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचनामा डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।
डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो ।