अनधिकृत मान्छेहरुले राष्ट्रपतिको मजाक उडाए : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अनधिकृत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताएका छन् ।

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा ओलीले अनधिकृत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए ।

सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै उनले अघि भने, ‘यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन ।’

गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्