एमालेको सदस्य हुन पाउँदा हर्षविभोर छु : सर्वेन्द्र खनाल



काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षभिवोर भएको बताएका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,” ।

महानिरीक्षक खनाल नेकपा(एमाले)मा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्