पूर्वआईजीपी खनाल एमाले प्रवेश



काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।

पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा.सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्