काठमाडौं-४ मा ‘काम गर्ने कालु मकै खाने भालु’ उखान चरितार्थ !



काठमाडौं । निर्वाचन मिति घोषणा भएसँगै काठमाडौं क्षेत्र नं. ४ मा सर्वसम्मत रुपमा चयन भएका नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम विदेश विभाग प्रमुख डा. राजन भट्टराई र नेपाली काँग्रेसका महामन्त्री गगन थापाबिचको भिडन्त रोचक हुने देखिएको छ ।

विगत १५ वर्षदेखि यस क्षेत्रकाे नेतृत्वमा रहँदा सिन्को नभाँचेका सांसद थापालाई डा. राजन भट्टराईले यसपाली हराएरै छाड्ने दावी गरेका छन् । उनले भने, ‘मेरो नेतृत्वमा भएको विकास र मैले पारेको बजेटलाई गगन थापाले आफूले गरेको भनी अनर्गल प्रचार गरिरहेका छन् ।’

राष्ट्रिय युवा संघ नेपाल बूढानीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशनमा डा. भट्टराईले, ‘नेकपा एमालेको ४१ महिने सरकारले बिकास निर्माण लगायत देश निर्माणको आधार तयार गरेकोमा अहिलेको सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरी देशलाई जंगली राजतर्फ लगिरहेको बताए ।’

वाककलामा कौशल रहेका गगन थापालाई यसपाली भने आफ्नै बोली घोडो पर्ने देखिन्छ । अमेरिकाले एमसीसी अन्तर्गत ६० अर्व दियो अव चीनसँग ७० अर्व र भारत ८० अर्व मागौं र देशको पक्षमा काम गरौं भनी संसद भवनमा कुर्लिएका थापाको दुरदर्सी योजना र भाषणवादी विकासले एक झरो पानी समेत थेग्न नसक्ने गरी कपनमा विकास भईरहेको छ । अमेरिकी सेना आए चारपाटे मोडेर थानकोट कटाइयोस् भनेर एमसीसीको वकालत गरेका उनले कपन डुबानको प्रत्यक्ष मार खेपिरहेका बूढानीलकण्ठ वडा नं. १०, ११ र १२ का जनतालाई फेरी अर्काे ललिपप देखाएर लोप्पा ख्वाउने रणनीति लिएको देखिन्छ । आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरी उनले चुनावी ललिपपका रुपमा ‘धोबीखोला करिडोर तथा बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ सार्वजनिक गरेका छन् । जसमा उनले आफै नेतृत्व गरेर शहरी विकास मन्त्रीसँग उपत्यका विकास प्राधिकरणको कार्यालयमा छलफलको नाटक मञ्चन गर्नसमेत भ्याएका छन् ।

कपन डुबान समस्या समाधानको लागि डा. राजन भट्टराईले यसअघि नेकपा एमालेको सरकार रहँदा आफ्नो पहलमा पारिएको १६ करोड भन्दा बढी लागतमा निर्माणधिन बक्स कल्भर्टको आयोजनालाई प्रभावित पार्नेगरी बजेट काटिएकोमा खुल्ला रुपमै असन्तुष्टि व्यक्त गरेका थिए । उनले ‘आफ्नो सरकार र प्रधानमन्त्री  हुँदापनि परेको बजेट काटिदा समेत चुईक्क नबोल्ने यस्ता नालायकहरु भोलि प्रधानमन्त्री हुँदा कसरी बन्छ देश’ भनी प्रश्न गरेका थिए ।

स्थानीय तह निर्वाचनको मत परिणामपछि निकै नै मर्माहत भई नेपाली काँग्रेस बूढानीलकण्ठको पक्षमा कलम चलाउँदै आएका एक स्थानीय पत्रकारले साधारण सदस्य समेत नरहने गरी नेपाली काँग्रेस परित्यागको घोषणा गर्दै स्वतन्त्र पत्रकारिता गर्ने उद्घोष गरेका थिए । तीनै पत्रकार अहिले #gaganthapaforpm अभियानमा लागेका छन् । उनले गगन थापालाई रातारात बूढानीलकण्ठको विकाससँग प्रत्यक्ष जोडिदिएका छन् । मानौं गगन थापाले आफ्नै खल्तीबाट विकास गरेझैं बूढानीलकण्ठको हरेक विकास निर्माणसँग जोडेर उनका समाचारहरु छ्यापछ्याप्ती छाउन थालेका छन् ।

यो पनि पढ्नुहोस्

कपन डुबानमा गगन थापा आफैं बोक्सी, आफैं झाँक्री ! (भिडियोसहित)

सिट बाँडफाँट नटुङ्गिदै बूढानीलकण्ठमा गठबन्धनको चुनावी फण्डा

किर्ते मतदाता फण्डामा बूढानीलकण्ठ काँग्रेसमाथि नै प्रतिप्रश्न ?

बूढानीलकण्ठ कार्यपालिका सदस्यसहित ७५५ मतदाताको नाम काटिएपछि जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधिको धर्ना

वर्तमान संसदीय व्यवस्थामा गगन थापा प्रधानमन्त्री होइन् मन्त्री समेत बन्न सक्दैनन्

प्रतिक्रिया दिनुहोस्